बाँगीको आरुखोरमा रहेको श्री शान्ती मा.विमा समुदाय प्रहरी साझेदारी सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
आरुखोर, अर्घाखाँची ८ माघ २०७५ । अर्घाखाँची मालारानी गाउँपालिका वार्ड नं.५ बाँगी स्थित आरुखोरमा रहेको श्री शान्ती मा.विमा “समुदाय –प्रहरी साझेदारी” सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 
 “समुदाय –प्रहरी साझेदारी” कार्यक्रम अनुसार प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नं.५ बाँगी ,आरुखोर स्थित श्री शान्ती माविमा “समुदाय –प्रहरी साझेदारी” सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।  
कार्यक्रममा श्री शान्ती माविका कक्षा १०,११ र १२ मा अध्यनरत २०० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो।  
प्रहरी निरीक्षक गम्भिरजंग थापाले लागु औषध, जवरजस्ती करणी, साईबर अपराध, बालविवाह लगायत विविध विषयलाई समेटी जनचेतनामुलक कार्यक्रम सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । 

अन्य समाचारहरु