अर्घाखाँचीडट्कम संवाददाता
धारापानी । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ४ धारापानीको उपल्लो फलामखिल्ली ठुलापोखराका एक मृगौला पीडित युवाको लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
उपल्लो फलामखिल्ली ठुलापोखराका ३७ बर्षिय नर बहादुर सारुलागी जापान बस्ने स्थानीय छिमेकीको पहलमा २ लाख ८६ हजार रुपैया सहयोग गरिएको हो ।
नर बहादुर बिगत ३ बर्ष देखि मृगौलाको उपचार गराउदै आएका छन् ।
मलेसियामा ८ बर्ष रोजगार गरी फर्केका नर बहादुरका श्रीमती एक छोरी ( १४ बर्ष ) र एक छोरा (१० बर्ष ) छन् ।
आर्थिक अबस्था अत्यन्तै कमजोर भएका नर बहादुरको अहिले निजको बुटवल स्थित शिद्वार्थ सिटि अस्पतालमा डाइलोसिस भै रहेको छ। उनको उपचारको निम्ति झन्डै १० लाख लाग्ने डाक्टरले बताएका छन् ।
यस्तै उपल्लो फलामखिल्ली ठुलापोखराका थम्मन बहादुर सारुको पहलमा कतारमा संकलित रु ८४ हजार पाँचसय बीस रुपैया पनि हस्तान्तरण गरिएको छ ।