ठाडाको अमराई बजारमा सवारी चालकको स्वास्थ परिक्षण (तस्बिर सहित)

“स्वच्छ चालक, सफल यात्रा” भन्ने मुल नारा सहित ट्राफिक प्रहरी अर्घाखाँचीले सवारी चालकहरूको अाज स्वास्थ्य परिक्षण गराएको छ । शारिरिक तथा मानसिक रूपमा स्वच्छ नभएको चालकले यात्रा गन्तव्य सम्म पुराउन नसक्ने निष्कर्ष सहित जिल्ला ट्राफिक प्रहरी अर्घाखाँचीले यस्तो अभियान सुरू गरेको हो । प्रदेश नं ५ को पहाडी जिल्ला अर्घाखाँचीको गोरूसिङगे सन्धिखर्क सडक खण्ड र विभिन्न गाउँ जाने सडकहरू निकै सागुरो र घुम्ती मोडहरू भएका कारण दुर्घटना न्युनिकरण गर्ने उदेस्यले चालकले सवारी चलाउदा टाढाको सानो ,ठूलो वस्तु देख्न सक्छ कि सक्दैन । चालक मानसिक रूपमा स्वच्छ छ कि छैन । चालकको बि पि सन्तुलन छ कि छैन थाहा पाउनका लागि चालकको स्वास्थ्य जाँच गरिएको अर्घाखाँची ट्राफीक प्रहरी प्रमुख प्रबिण आचार्यले बताए। अाज जिल्लाको सितगंगा ४ अमराई बजारमा सुरू गरिएको अभियानमा ६० जना सवारी चालक , सचालकहरूले अाफ्नो स्वास्थ्य परिक्षण गराएका थिए ।

कृष्ण परियार
अमराई बजार, अर्घाखाँची माघ –१० । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सितगङ्गा नगरपालिका वडा नम्बर  ४ ठाडाको अमराई बजारमा आज सवारी चालक तथा सह–चालक हरुको स्वास्थ परिक्षण गरेको छ ।  
ट्राफिक प्रहरी कार्यालय ठाडाका कार्यालय प्रमुख प्रहरी निरिक्षक गणेश बहादुर बरालको अध्यक्षतामा संपन्न भएको कार्यक्रममा  सितगङ्गा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक प्रविण आचार्य लगायतको उपस्थीती रहेको थियो ।  
कार्यक्रममा प्रहरी नायव निरिक्षक प्रविण आचार्यले स्वागत मन्तव्य राख्दै कार्यक्रमको विषय बस्तुको बारेमा प्रकाश पार्नुभएको थियो ।  कार्यक्रममा ६० जना चालक तथा सह चालकको स्वास्थ परिक्षण गरिएको छ । 
स्थ्य जाँच पछि मेडिकल बाट प्राप्त रिपोर्ट अनुसार ६० जना मध्ये ५ जना अाँखाको कमजोरी र १५ जनाको साविक भन्दा उच्च प्रेसर भएका चालक भेटिएकाले उनिहरूलाई अौषधी खान सल्लाह दिएको अस्थायी ट्राफिक पोष्ट ठाडाका ट्राफिक प्रहरी प्रकाश पोखरेलले बताए । जिल्ला भरि संचालन हुने मालवाहक, निजी तथा सवारी साधन गरि ७ सय बढि चालकहरू रहेका छन् । जिल्ला ट्राफिक प्रहरीले गएको हप्ता सन्धिखर्कमा ६९ जना चालकको स्वास्थ्य परिक्षण गराएको थियो । अागामी हप्ता सडक खण्डको नरपानीमा स्वास्थ्य परिक्षण गरिने छ । यसै गरि सबै चालक सचालकहरूको स्वास्थ्य परिक्षण गरिने ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आथित्यता , ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख प्रहरी निरिक्षक गणेश बहादुर नरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्घाखाँची ट्राफिक प्रहरी प्रमुख प्रबिण आचार्यले कार्यक्रमको उदेश्य बारे प्रकास पारेका थिए । कार्यक्रममा सितगंगा ४ का वडा अध्यक्ष दामोदर अधिकारी, सितगंगा उधोग बाणिज्य संघका अध्यक्ष चिरनजिबी अधिकारी, समाज सेबी लक्ष्मण पन्थी लगायतको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु