(२०७५ माघ १०, विहीवार)
राष्ट्रिय बाणिज्य बैंकको ५४ औं स्थापना दिबसको अवसरमा अर्घाखाँची शाखाले सन्धिखर्कमा बार्षिक उत्सब कार्यक्रममा आयोजना गरेको छ । बार्षिक उत्सब कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ५४ औं बार्षिक उत्सब कार्यक्रममा अर्घाखाँची शाखाले विभिन्न व्यक्तिहरुहरु सम्मान गरेको थियो । कार्यक्रममा स्थानिय प्रतिनिधि, संघ- संस्था, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (२०७५ माघ १०, विहीवार) । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय सन्धिखर्क देशकै उत्कृष्ट शाखा हुन सफल भएको छ । देशभरिका २ सय १७ वटा शाखा मध्येबाट एक वर्ष भित्र सञ्चालन गरिएका सम्पूर्ण बैंकिङ गतिविधिको मूल्यांकनको आधारमा सन्धिखर्क शाखा उत्कृष्ट भएको हो । शाखाको व्यावसाय, आन्तरिक नियन्त्रण, कर्मचारी व्यवस्थापन, कर्जा प्रवाह, सेवा प्रवाह लगायतका बिषयहरुको मूल्यांकनको आधारमा सन्धिखर्क शाखा उत्कृष्ट हुन सफल भएको शाखाका प्रबन्धक गोपाल न्यौपानेले बताउनु भयो । राष्ट्रिय वाणिज्य बैंकको ५४ औं बार्षिक उत्सवको अवसरमा बिहिबार सदरमुकाम सन्धिखर्कमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मनतब्य राख्दै प्रबन्धक न्यौपानेले यस्तो बताउनु भएको हो ।

प्रवन्धक न्यौपानेको अध्यक्षता, बैंकका नगद सहायक प्रमुख राजेश कुमार क्षेत्रीको स्वागत मन्तव्य र माधव घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा सहायक प्रवन्धक गुणानिधि भुसालले संस्थाको सेवा प्रवाहको बारेमा जानकारी गराउनु भएको थियो । बैंकले सेवाग्राहीको चाँप बढेमा सार्वजनिक विदाको दिन सेवा प्रवाह गरेको, ३.३३ प्रतिशत ब्याजदरमा कृषि कर्जामा ऋण लगानी गरेको , १२ प्रतिशत ब्याजदरमा सुनचाँदी कर्जा वितरण गर्दै आएको भुसालले बताउनुभयो । यस्तै २०७६ असार मसान्त सम्म खाता खोल्ने र नविकरण गर्नेलाई एटिएम सेवा निशुल्क बितरण गर्ने , मोवाइल बैकिंङ्ग मार्फत एयर टिकट लिन मिल्ने, रिचार्ज कार्ड, इसेवा जस्ता कारोबार गर्दा ५ प्रतिशत क्यास ब्याकअप गर्ने , २६ बर्ष मुनिका युवा युवतीले खाता खोलेमा निःशुल्क एटिएम सेवा बितरण गर्ने लगायतका सुविधाहरु बैंकदिएको भुसालले बताउनु भयो ।

जिल्ला स्थित जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रमुख एवं सेवा ग्राहीको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, निर्माण व्यावसायी संघका अध्यक्ष रीषिराम अधिकारी, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल, सेवाग्राही वुद्धिराम भुसाल, पत्रकार मुक्तिनाथ भुसाल लगायतले मन्तव्य राख्दै संस्थाको थप प्रगतिको कामना गर्नुभएको थियो ।
सोही अबसरमा पत्रकार मुक्तिनाथ भुसाल र बंैकका कर्मचारी माधब घिमिरेलाई सम्मान प्रदान गरीएको हो । २०३३ सालमा स्थापित भई सेवा प्रदान गर्न लागेको शाखामा हाल ३२ हजार सक्रिय ग्राहक रहेको बैंकले जनाएको छ ।