सन्धिखर्क नगरपालिकामा निशुल्क वितरण गर्ने औषधीमा नै कमिसनको चक्कर

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कमिसनको चक्करमा नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा निशुल्क औषधी वितरण गरेको छ । 
नगरपालिकाले वार्ड नम्बर  ३, ४ ,११ लगायतका स्वास्थ्य संस्थामा विहिबार करिब १५ लाख बराबरको औषधी वितरण गरेको थियो । 
नगरपालिका भित्रका बिरामीलाई औषधीको अभाव हुन नदिन बितरण गरिएको भनिएको औषधीमा ठुलो रकमको चलखेल भएको बताइएको छ । सन्धिखर्क १२ का वार्ड अध्यक्ष नारायण खड्काले सम्बन्धित वार्डले नै खरिद गर्नुपर्नेमा सन्धिखर्क नगरपालिकाले कमिसनको चक्करमा सबै वार्डमा औषधी वितरणमा असमान गरेको भन्दै आपत्ती जनाएका छन् ।
विहिबार नगर उपप्रमुख ठाकुर कुमार वि.कले स्वास्थ्य संस्थामा निशुल्क औषघी वितरण गर्दै हिंडेका थिए । सन्धिखर्क नगरपालिकाले के कस्तो औषघी कहाँ कती वितरण गर्‍यो भन्ने खुलाएको छैन् । नगरपालिका भित्रका केही कर्मचारीहरुले समेत निशुल्क वितरण गर्न ल्याएको औषघी हिनाबिना गरेको नगरका एक कर्मचारीले नाम नभन्ने शर्तमा बताए । 
ति कर्मचारीका अगाडि भने;- नगरपालिकामा बेला बेलामा कृषि, स्वास्थ्य लगायतमा आएको सामाग्री ठुलो रकमको चलखेलमा आफ्नो मान्छे, संघ-संस्थालाई बाढने, साथै नगरपालिकामा आएका ठेक्का पट्टामा पनि ठुलो कमिसन लिई ठेक्का मिलाईदिने गरेको छ; यसमा जनप्रतिनिधी देखि कर्मचारीको मिलोमतोमा हुँदै आएको छ ।          
यस्तै नगरपालिकाले वार्ड नम्बर ६,७,८,९ मा रहेका स्वास्थ्य संस्थामा छिट्टै नै औषधी वितरण गर्ने तयारी गरेको छ । सन्धिखर्क नगरबासीले सडक, खानेपानी, बिजुलीको समस्या लामो समय देखि भोक्दै आएका छन्, अहिलेसम्म जनप्रतिनिधीहरुले केही गर्न सकेका छनन् ।   

अन्य समाचारहरु