मालारानी गाउँपालीकाद्दारा फर्जी हस्ताक्षणमा २० लाख रुपैयाँ हिनामिना गरेको अन्तत स्वीकार, छानविन गर्न मालारानीबासीको माग

(२०७५ माघ ११, शुक्रवार)

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकाले फर्जी हस्ताक्षणमा २० लाख रुपैयाँ हिनामिना गरेको अन्तत स्वीकार गरेको छ ।
मालारानी गाउँपालीकाद्दारा फर्जी हस्ताक्षणमा लाखौ रुपैयाँ हिनामिना भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस बिज्ञप्ती नै प्रकाशित गर्दै आपत्ति जनाएको थियो ।  
तर २४ घण्टा नबित्दै फर्जी हस्ताक्षणमा लाखौं रकम हिनामिना गरेको अन्तत स्वीकार गर्दै अर्घाखाँचीडट्कम लगायत एफ.एममा  आएको समाचार अतिरन्जित र भ्रामक समाचार भनी आफुले प्रकाशित गरेको प्रेस बिज्ञप्ती गलत रहेको भन्दै क्षमा समेत मागेको छ । 
मालारानी गाउँपालीकाका प्रमुख प्रसाशकिय अधिकृत खगेन्द्रराज मरासिनिले शुक्रबार प्रेस बिज्ञप्ती प्रकाशित गर्दै संचारमाध्यममा आएको समाचार सही रहेको भन्दै क्षमा मागिएको छ । 
मालारानी गाउँपालिकाका एक कर्मचारीले नाम नबताउने सर्तमा भने;- यस गाउँपालिकामा बेला-बेलामा कृषि, स्वास्थ्य लगायतमा आएको सामाग्री ठुलो रकमको चलखेलमा आफ्नो मान्छे, संघ-संस्थालाई बाढने, साथै नगरपालिकामा आएका ठेक्का पट्टामा पनि ठुलो कमिसन लिई ठेक्का मिलाईदिने गरेको छ; यसमा गाउँपालिका प्रमुख बालकृष्ण आचार्य र  उपप्रमुख प्रमुख प्रमिला क्षेत्रीको मिलोमतोमा हुँदै आएको छ ।  यसमा यि दुबैले ठुलो रकम लिएका छन्, उनले भने । 
यस्तै ति कर्मचारीले बताए अनुसार मालारानीका सबै वार्डका प्रतिनिधिहरु ठेक्का पट्टा, कृषि, स्वास्थ्य लगायत वार्डमा परेका योजनामा ठुलो कमिसन लिएर आफ्ना मान्छे वा संघ- संस्थालाई मिलाइदिदै आएका छन् ।  तर गाउँपालिकाबाट भने कुनै पनि प्रतिनिधि संपर्कमा आएका छैनन् । 
लाखौं हिनाबिना गरेको स्वीकार गर्दै जिल्लाका साना एफ.एम को नाममा प्रकासित प्रेस बिज्ञप्ती:-
उता २० लाख रुपैयाँ हिनामिना गरेको समाचार बाहिर आउँदा पनि अहिलेसम्म सम्बन्धित निकायले छानविन गर्नुपर्नेमा मौन बसेको भन्दै मालारानीबासीले आक्रोष व्यक्त गरेको देखिन्छ ।   
मालारानी गाउँपालीकाद्दारा फर्जी हस्ताक्षणमा लाखौ रुपैयाँ हिनामिना भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रकासित प्रेस बिज्ञप्ती:-
सम्बन्धित समाचार:

अन्य समाचारहरु