अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न स्थानहरू, खाचिकोट, नरपानी, अर्घा, गोखुङ्गा, हंसपुर, लाेहरी मसिनाकाे लेक लगायतका उच्च भागहरूमा हिउँ परेको छ ।
जिल्लाका उच्च भेगहरुमा राति बाक्लाे हिउँ परेपछि अत्याधिक चिसाे पनि बढेकाे छ । साथै डाँडाकाडाहरूमा सेताम्मै हिउँले ढाकेकाे छ ।
यस्तै हिउँ परेपछि गोखुङाको देउराली बजार नजिकै रहेकाे बिद्युतकाे पाेल ढलेपछि उक्त स्थनामा बिद्धुत लाईन अबरूद्व हुनुकाे साथै माेबाईल सेबामा पनि केही असर परेकाे स्थानियले बताएका छन् ।
यस्तै हिउँ परेपछि नरपानी लगायतका उच्च भेगहरुमा आन्तरिक पर्यटक भरिन थालेका छन्।