पटौटीमा जिप दुर्घटना हुँदा ५ जाना घाईते

लक्ष्मण घिमिरे
पटौटी, अर्घाखाँची १४ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-४ पटौटीमा जिप दुर्घटना हुँदा ५ जाना घाईते भएका छन । पाणिनी गााउपालिका वडा नम्बर४, पटौटीको सुवर्णखाल चिंदेरी भन्ने स्थानमा लु १ च ९०४६ नम्बरको जिप दुर्घटना हुँदा चालक सहित ५ जाना घाईते भएका हुन ।
पात्ले भन्ने स्थानमा गाँउपालिकाबाट अनुगमन गर्न जाँदै गर्दा पटौटीको चिंदेरीमा गाडी दुर्घटना हुँदा पाणिनी गााउपालिकाका लेखा अधिकृत नारायण पौडेल, सुब्बा राम कुमार भट्टराई, योजनाका सुब्बा पशुपती खनाल, कम्युटर अपरेटर रविन्द्र न्यौपाने र गाडी चालक सागर घिमिरे घाईते हुनुभएको पटौटीबाट अभिनय घिमिरेले जानकरी दिनुभयो ।
 घाईतेहरुको चिन्ताजनक अवस्था नरहेको तथा सबैलाई उपचारका लागी मिसन अस्पताल पाल्पा लगिएको खिदिम प्रहरीचौकीका प्रमुख असई सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।

अन्य समाचारहरु