अर्घाखाँचीडट्कम संवाददाता
साना औवल, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीको साना औवलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
युवती फेला युबतिले झुण्डिएर आत्महत्या गरेकी छिन।
साना औवलका नारायण पन्थी सुनारकी २४ बर्षिया छोरी ममता पन्थी सुनार आफ्नै घरको कोठामा आइतबार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । प्रहरीले भने मृतको कारण आत्महत्या हुनसक्ने बताएको छ ।
ममतालाई परिवारले आइतबार अपरान्ह ३ बजे परिवारले आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
मृतक शबलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको छ । उता अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या बड्दो देखिन्छ ।