ठुलापाेखरामा पुरस्कार वितरण तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
ठुलापाेखरा, अर्घाखाँची । तुल्सि चन्द्र स्मृति प्रतिष्ठान अर्घाखाँचीद्वारा अायाेजित पुरस्कार वितरण तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम छत्रदेव ६ ठुलापाेखरामा सम्पन्न भएकाे छ ।
छत्रदेव निवासि साहित्यकार हेमराज पाण्डेले अाफ्ना अामा बुअाकाे सम्झनामा २०७२ सालमा रू. पाच लाखकाे अक्षय काेष स्थापना; गर्नु भएको हाे । यसरी संस्थाले स्थापित गरेकाेअक्षयकाेषकाे बार्षिक ब्याज बाट प्रत्येक बर्ष विभिन्न साहित्यीक विधाका ब्यक्तिहरूलाई नगद पुरस्कार सहित सम्मानित गर्दै अाएकाे छ । साेहि अवसरमा प्रतिष्ठानले यस बर्षकाे पुरस्कार ललितपुर ईमाडाेल कवि निर्माेहि ब्यास लाई कविता संग्रह बग्दै बग्दै लाई; नगद रू .पन्द्र हजार सहित सम्मान गरेकाे छ । 
साथै साे कार्यक्रममा स्थानीय जेष्ठ नागरिकहरूलाइ दाेसल्ला अाेडायर सम्मान गरिएकाे छ। धिर्ज बहादुर कायस्थकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले साहित्यक कार्यक्रमकाे अायाेजना गरेर जिल्ला लाई नै उर्जा प्रदान गरेकाेमा प्रतिष्ठान लाई धन्यवाद ब्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा छत्रदेव गाउपालिका का अध्यक्ष लेखनाथ पाेख्रेल ,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने ,वडा नं.६का वडा अध्यक्ष कमल पाैडेल ,पाणिनि क्याम्पसका प्राध्यापक ज्ञान बहादुर क्षेत्री ,ईन्जिनियर चन्द्रकान्त अाचार्य लगायतले शुभकामना मन्तब्य राख्नु भयकाे थियाे । कार्यक्रममा प्रहरी नायव उपरिक्षक नवराज मल्ल विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा कवि त्रिभुवनचन्द्र वाग्ले ,साहित्यकार डा.बद्री पाेख्रेल ,तथा लुम्बिनी वाङ्गमय प्रतिष्ठान का अध्यक्ष विष्णु बस्यालले अाफ्ना रचनाहरू वाचन गर्नु भएकाे थियाे ।
कवि प्रलाद पाेख्रेलले सन्चालन गर्नु भएकाे कार्यक्रम मा स्वागत मन्तव्य सचिव हेमराज पाण्डेले राख्नु भयकाे थियाे । 

अन्य समाचारहरु