अर्घामा लक्षीत बर्गका ५ वटा बिद्यालयका बालबालीकाहरुलाई सम्मान

श्री  रजस्थल माध्यमिक बिद्यालय अर्घा रहिसचौर ।

श्याम घिमिरे 
अर्घा, अर्घाखाँची माघ १४  ।  अर्घाखाँची  सन्धिखर्क नगरपालीका वडा नम्वर ९ अर्घाको आयोजनामा लक्षीत बर्ग सम्मान कार्यक्रम अन्तरगत वडाका बिभिन्न ५ वटा बिद्यालयका बालबालीकाहरुलाई आज एक कार्यक्रमका बिच सम्मान गरीएको छ । 
बिभिन्न ५ बिद्यालयका शिशु कक्षा र कक्षा १ का १२० जना बालबालीकाहरुलाई बिद्यालय पोसाक बितरण गरीएको वडा सचिब धर्मराज पाण्डेले जानकारी दिनु भयो । 
कार्यक्रममा वडाअध्यक्ष देबिबहादुर रायमाझी, वडासदस्यहरु बिष्णु प्रसाद आचार्य, मनकला परीयार, कमला भुुसाल, जिबलाल भुसाल, कार्यालय कर्मचारी रीता रायमाझी लगायतको सहभागीता रहेको वडासचिब धर्मराज पाण्डे जानकारी दिनु भएको छ ।

अन्य समाचारहरु