नेत्र मरासिनी
ढाव, अर्घाखाँची माघ १५ । चारै तर्फ घना जङ्गल,जङ्गलको बिचमा आकर्षक सानो घर,घर वरिपरि भुनभुनाइरहेका माहुरी र माहुरी संगै रमाइरहेका चेतनारायण लाई देख्दा कस्को मन नरमाउला र ? अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वडा नम्बर १४ ढावमा माहुरी पालन गर्दै आएका चेतनारायण न्यौपानेको दिनचर्या घर वरिपरि रहेका माहुरिको रेखदेख र अन्य कृषि पेशामै बित्ने गर्दछ ।
परम्परागत मुढे घारमै व्यावसायिक माहुरी पालन गरेका उनले बार्षिक डेढ लाख सम्म मह बिक्रि बाटनै आम्दानी गर्दछन । घरमै आइ हप्तौं जसो महको अडर आइरहन्छ,माग अनुसार पुर्याउनु सकेको छैन उनले भने । श्रीमती र दुई छोरा छोरी रहेको उनको घर वरिपरि रहेकोे खेत बार्हैमहिना हरियाली हुन्छ । सिजन अनुसारको तरकारी र अन्न वाली खेतमा पाउन सकिन्छ । उनले तरकारी र अन्न बिक्रि बाट पनि बार्षिक एक लाख सम्म अाम्दानि गर्ने गरेकाे बताए । जन्मजात एउटा खुट्टा कम्जोर रहेको रहेकोे हुदा राम्रो संग हिडडुल गर्न समेत नसक्ने भए पनि चेतनारायण जसाेतसाे काममानै ब्यस्त देखिन्छन् । घर नजिकैको खोरमा करिब पचास भन्दा बढी बाख्रा समेत उनले पालेका छन् ।

बाख्रा बाट पनि बार्षिक १ लाख जति अाम्दानि लिने उनकाे भनाइ रहेकाे छ । शारीरिक अशक्तताका वाबजुत पनि उनले कृषि उत्पादन बाट बर्षका साढे तिनलाख सम्म अाम्दानि लिन सफल देखिन्छन् । परम्परागत तरिका बाट गरिएको अाफ्नाे व्यबसाय लाई अाधुनिक प्रविधि र ज्ञानसिपको अावश्यक रहेकाे उनकाे गुनासाे छ । विभिन्न कृषि उपजबाट लाखौं अाम्दानि लिन सफल उनी अाधादर्जन स्थानिय संघ सस्थामा समेत आबद्ध रहि सामाजिक कार्यमा समेत लागिपरेको पाइन्छ । मेहनत र इच्छा शक्ति हुनेहो भने चारै तर्फ सफल बन्न सकिन्छ भन्ने उदाहरण उनिबाट सिक्न सकिन्छ ।
राज्यको नजर भन्दा टाढा रहेका चेतनारायण जस्ता उदाहरणीय व्यक्तित्व हरुलाइ सहयाेगि हातहरु प्रदान गर्नेहाे भने पक्कै पनि देश कृषि उपजमा अात्मनिर्भर बन्न सक्थ्याे ।