सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको बिरोधसभा सम्पन्न (तस्बिर सहित)

संघीयता ,रास्ट्रीय बिखन्डन र प्रतिगमनको खतराका बिरुद्ध  संघर्ष गरौ ।
महङ्गि भ्रष्टाचार हत्या हिंसा र बलात्कारको अन्त्य गरौ भन्ने मुलनाराका साथ रास्ट्रीय जनमोर्चा अर्घाखाँचीले शान्ती बगैचामा बिरोधसभा सम्पन्न  गरेको छ । बोल्ने बक्ताहरुमा अखिल नेपाल महिला संघ कि केन्द्रिय अध्यक्ष पुर्ब  सभासद मिना पुनले देशमा जस्तोसुकै प्रणाली फेरिए पनि सत्तामाको बागडोर सम्हाल्ने मन्त्रीहरुको आचारण उहीँ हिजोको पन्छे राजा महाराजाहरुको भन्दा पनि कम नरहेकोले देश झनपोछी झन गरिबी तिर धकेलिएको हत्याहिंसा बलात्कार महङ्गी जनताको ईस्तर झनपोछी झन दयनीय बन्दै गहिरहेको  भन्नु भएको छ । कार्यक्रममा राजमो केन्द्रिय सदस्य झबिलाल थापा, अखिल नेपाल किशान महासंघका केन्द्रिय महासचिब कृष्ण केसी राजमो पुर्ब केन्द्रिय सदस्य शेर बहादुर बिसी पुर्ब केन्द्रिय सदस्य सागर केसी, अखिल छैठौं का केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवर रक्तिमका कलाकार बिष्णु केसी लगायतले बोलेका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष थम्मन केसी र संचालन बाबुराम पन्थीले गरेका थिए । यस्तै  स्वागत राजमो जिल्ला उपाध्यक्ष गोपल पौडेलले गरेका थिए । 

बसन्त खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष मिना पुनले अहिलेको सरकारले जनमतको दुरुपयोग गरेको जिकिर गर्नुभएको छ ।
बहुदल पछिकै दुइ तिहाइ मत प्राप्त सरकारले जन अपेक्षा अनुसार काम गर्न नसक्दा जनमतको दुरुपयोग भएको उहांको ठहर रहेको छ । संघियता राष्ट्रिय विखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौं,महंगी,भ्रष्टचार,हत्या,हिंसा र बलात्कारको अन्त्य गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मंगलवार सन्धिखर्क शान्ति वंगैचामा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष पुनले यस्तो ठहर गर्नुभएको हो । नेपाली जनतामाथी कु गर्ने राणा हट्यो,राजा हट्यो,गणतन्त्र स्थापना पछि जनताका प्रतिनिधि भन्नेहरुको पनि व्यबहार परिवर्तन हुन सकेको छैन अध्यक्ष पुनले भन्नुभयो,आज देशमा सामाजिक अराजकता बढ्दै गएको छ,हत्या,हिंसा,बलात्कार र महगींले सिमा नाघ्दा समेत सरकार मुक दर्शक बनिराखेको छ,उहांले अगाडि थप्नुभयो कम्युनिष्ट भन्ने सरकारककै पालामा देशमा विकृति बढ्नु विडम्वना हो । यसका विरुद्ध सरकारले शषक्त कदम चाल्न नसके जनताले फेरी सडक तताउन जरुरी छ ।
 राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.को अध्यक्षता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम पन्थीको संचालनमा सम्पन्न सभालाई सम्बोधन गर्दै अध्यक्ष पुनले नेपाली जनताको लामो संघर्ष र बलिदानीले मुलुकको व्यवस्था परिवर्तन भएपनि शत्ताधारीको व्यबहार परिवर्तन हन नसक्दा मुलुकमा भ्रष्टचार र अराजकताले प्रसय पाएको दाबी गर्नुभयो । पूर्व सभाषद समेत रहनुभएकी अध्यक्ष पुनले पटक पटक मुलुकको बाग्डोर समाल्ने शत्ताधारीकै झुकाव र वैदेशिक हस्तक्षेपका कारण देशको राष्टियता गम्भिर खतरामा पुगेको भन्दै जर्वजस्ती लादिएको संघियता खारेज नभए मुलुक नरहने उद्घोष समेत गर्नुभयो । संघियता नेपालीको माग र नेपालको आवस्यकता भन्दा बाहिरको बिषय हो,जसको परिणामले आज जनताको ढाड सेक्नेगरि कर र महगीं बृद्धि भएको छ ,उहांले भन्नुभयो,प्रादेशिक संरचना खारेज गरि स्थानिय तहलाई सम्पन्न शाली बनाएमा देशमा शान्ति र समृद्धिको आधार तयार हन्छ । 
 निर्मला हत्या प्रकरणमा सरकारले नै घटनालाई लुकाउन खोजेका कारण अपराधीले उन्मुक्ति पाउने र निर्मलाले न्याय नपाउने त्रास बढ्दै गएको उहांको धारणा छ ।सयौंको संख्यामा राष्टिय जनमोर्चाको नेता तथा कार्यकर्ताले सन्धिखर्क मसाल बजारबाट नाराजुलुस सहित शान्ति बंगैचामा पुगेर सभामा परिणत भएको कार्यक्रममा राष्टिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.,सागर के.सी.,झविलाल थापा,अखिल नेपाल किसान महासंघका केन्द्रिय महासचिव कृष्ण के.सी.,अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवरले मन्तव्य राखदै मुलुकमा महगीं र कर बृद्धि हुनुमा संघियता नै मुख्य बाधक भएकोले संघियताको खारेजीको विकलप नभएको बताउनुभएको छ । 
अखिल नेपाल महिला संघंकी केन्द्रिय उपाध्यक्ष सकुन्तला राना,अखिल नेपाल राष्टिय यातायात मजदुर युनियनका केन्द्रिय अध्यक्ष गोविन्द वि.सी, अखिल नेपाल वुद्धिजीवी संघका नेता जिव नारायण खनाल,अखिल नेपाल युवक संघका वैकल्पिक केन्द्रिय सदस्य कृष्ण खनाल,अखिल नेपाल जनजाती सम्मेलनकी केनिद्रय सचिव उषा पुन,जातिय समता समाज अर्घाखाँचीका अध्यक्ष राजेन्द्र नेपाली,प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरे लगायतको अतिथ्यता रहेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारले प्रस्तुत गरेको राष्टभक्ती गितले सहभागीलाइ थप उत्साहित तुल्याएको थियो ।

अन्य समाचारहरु