अर्घाखाँचीडट्कम संवाददाता
सिद्दारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्दाराको लुग्रीका एक युवा मृत अवस्थामा फेला परेका छन् ।
सिद्दाराको लुग्रीका जित बहादुर पुनका २३ वर्षिय छोरा सरोज पुन मगर घर देखि नजिकको आपको रुखमा मंगलवार दिउसो १ बजे झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीले भने मृतको कारण आत्महत्या हुनसक्ने बताएको छ । उनले कपीमा नोट समेत लेखेका छन् । सरोज भारतमा रोजगारको लागि आउने जाने गर्ने गरेको स्थानिय कृष्ण मगरले अर्घाखाँचीडट्कमलाई बताए ।
उनका एक श्रीमती र छोरी रहेका छन् । मृतक शबलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको छ । उता अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या बड्दो देखिन्छ ।