सुर्य भुसाल
सन्धिखर्क । अर्घाखाँचीको जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंशपुरको म्यालपानीमा स्वर्गीय जित बहादुर राउत क्षेत्रीको स्मृतिमा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि श्री युबा बर्ष जनता रबिचित्र माबि मा अध्ययनरत दृस्टी बिहिन छात्र छात्रालाई शैक्षिक सामाग्री ,दैनिक उपयोग गर्ने सामाग्री र न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क १ का लिलवहादुर राउत क्षेत्री र श्रीमती किरण राउतले शैक्षिक सामाग्री, दैनिक उपयोग गर्ने सामाग्री र न्यानो कपडा बितरण गरेका थिए ।
बिधालयका प्रधानाध्यापक टेकराज आचार्य ,शिक्षक ,शिक्षिका र संचारकर्मिको उपस्तिथिमा सुइटर ,टोपी ,साबुन ,मन्जन ,ब्रुस, बिस्कुट लगायतका सामाग्री बितरण गरिएको थियो।
स्वर्गीय जित बहादुर राउत क्षेत्री दृष्टि बिहिन भएको र अल्पायुमा निधन भएकोले उहाँको मृत्युपर्यन्त सामाग्री बितरण गर्दै आइरहेको राउत परिबारले जनाएको छ।