नरेन्द्र कुमार क्षेत्रीद्वारा लिखित संस्मरण आफ्नै विगत र वर्तमान’ को सन्धिखर्कमा विमोचन (तस्बिर सहित)

अर्घाखाँची डट्कम (संवाददाता)
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) नेकपाका प्रदेश सदस्य नरेन्द्र कुमार क्षेत्रीद्वारा लिखित संस्मरण ‘आफ्नै विगत र वर्तमान’ को सन्धिखर्कमा विमोचन गरिएको छ ।
लेखक क्षेत्रीका गुरु खिमानन्द पन्थीले पुस्तकको विमोचन गरेका थिए । पुस्तकको विमोचन गर्दै पन्थीले क्षेत्रीले शिक्षा र राजनीति क्षेत्रमा पुयाएको योगदानको चर्चा गर्दै पहिलो पुस्तकको रुपमा संस्मरण प्रकाशन गरेकोमा सफलताको शुभकामना दिए । 

प्रदेश सांसद चेतनारायण आचार्यले क्षेत्रीले आफ्नो व्यक्तिगत जीवनलाई पुस्तक मार्फत उजार गरेर इतिहासलाई जीवन्त राखेको तथा जिल्लाको शैक्षिक आन्दोलनलाई उत्कर्षमा पुराउन्न अहम भूमिका खेलको भन्दै उच्च प्रशंसा गरेका थिए। राजनीतिक र शैक्षिक व्यक्ति क्षेत्रीबाट अरुले पनि पाठ सिक्नु पर्ने बताए । कार्यक्रममा नेकपाका नेता जनार्दन खनाल, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कानले समेत मन्तव्य राखेका थिए। पुस्तकको भगवति माविका शिक्षक धुव्र केसीले टिप्पणी गरेका थिए।   

पुस्तकको बारेमा बाल्दै लेखक क्षेत्रीले आफ्नो जीवनका भोगाइहरुलाई पुस्तकमा उतार्न पाएकोमा खुसी व्यक्त समेत गरे। उहाँले संस्मरण पढेर सुझाव दिन आग्रह गर्दै पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका थिए। 

नरेन्द्र कुमार क्षेत्री श्री भगवती मावी कुर संखेटारीका पुर्व प्रधानध्यापक हुन् । 

कार्यक्रम पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकालीको अध्यक्षता, लेखककी श्रीमती तथा मालारानी गाउँपालिकाकी उपप्रमुख प्रमिला क्षेत्रीको स्वागत मन्तव्य र पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु