सन्धिखर्कमा प्याव्सन अर्घाखाँचीद्वारा सहिद दिवस कार्यक्रम सम्पन्न

शिव वेल्वासे
सन्धिखर्क, अर्घाखाँची ।  प्याव्सन अर्घाखाँचीले विविध कार्यक्रम गरि सन्धिखर्कमा राष्ट्रिय सहिद दिवस सम्पन्न  गरेको छ । 
हरेक वर्ष राष्ट्रिय सहिद दिवसको दिनलाई प्रवचन र वालवालिका लक्षित सन्देसमूलक कार्यक्रम गर्दै आएको प्याव्सनले यस वर्ष आधारभूत तह कक्षा (1-5) मा हाम्रो वातावरण स्वस्थ वातावरण नामक शिर्षकमा  चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । 
जसमा सनराइज इङ्गलिस वोर्डिङ्ग स्कूल डिभर्नाका छात्रा पूर्णिमा श्रेष्ठ प्रथम, न्यू नेपाल इङ्गलिस वोर्डिङ्ग स्कूल डिभर्नाका छात्र सुमन श्रेष्ठ द्वितीय , जलजला इङ्गलिस वोर्डिङ्ग स्कूलका छात्र दिलिप घर्ति मगर तृतीय र अर्घाखाँची आवासीय मावि वेलवाटिका छात्र प्रदिप विक, न्यू सनराइज इङ्गलिस वोर्डिङ्ग स्कूलका छात्रा सरू सुनार र अर्घा ग्यालेक्सि इङ्गलिस वोर्डिङ्ग स्कूलका छात्र अरूण विक सान्त्वना भए ।
त्यस्तै आधारभूत तह कक्षा (6-8) को हाजिरीजवाफ प्रतियोगितामा सनराइज इङ्गलिस वोर्डिङ्ग स्कूल डिभर्ना प्रथम, गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्क द्वितीय र अर्घाखाँची आवासीय मा वि सन्धिखर्क वेलवाटिका तृतीय भए भने माध्यमिक तह कक्षा 9 र 10 बिच भएको वक्तृत्वकला प्रतियोगितामा अर्घाखाची आवासीय मावि वेलवाटिकाकि छात्रा सन्ध्या वन्जाडे प्रथम, सनराइज इङ्गलिस वोर्डिङ्ग स्कूलका एन्जिता पंथी द्वितीय र मदरल्याण्ड इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्कका  छात्र विशाल पंथीले तृतीय स्थान प्राप्त गरेका थिए ।
प्याव्सन अर्घाखाँची उपाध्यक्ष मोहन प्रसाद भुसालको स्वागत मन्तव्य, सचिव कमल वेल्वासेको संचालन र गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मणिराम पराजुली, प्याव्सन 5 नं.प्रदेस उपाध्यक्ष श्रीकृष्ण भुसाल लगायतले प्रवचन एवं शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थी र विद्यालयलाई प्रमाणपत्र र ट्रफीबाट सम्मान गरिएको शिव वेल्वासेले जानकारी दिएका छन् । 

अन्य समाचारहरु