बिक्रम पाण्डे समान्ता
माघ १७ ,अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्नामा रहेको सनराईज ईङ्गलिश बोर्डिङ्ग हाई स्कूलले आज एक समरोहका बिच विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेको छ ।
बिद्यालय तथा जिल्ला स्थित विभिन्न संघ सस्थाले सन्चालन गरेका कार्यक्रम तथा प्रतियोगितामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कृत एवं सम्मान गरिएको हो ।विभिन्न प्रतियोगितामा उत्कृष्ट भइ बिद्यालयको गरिमा र प्रतिस्ठा बढाएको भन्दै बिद्यालयले सम्मान गरेको हो ।
सम्मान गर्दै बिद्यालयका संस्थापक प्रीन्सिपल नारायण प्रसाद पौडेलले बिद्यार्थीको सफलताले अझ बिद्यालयको गरिमा बढेको भन्दै कडा मिहिनेत गरि अध्ययनमा लाग्न सम्पुर्ण बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो। उहाँले सनराईजले बिगत देखि जिल्लामा उत्कृष्टता हासिल गर्दै आएको र यसलाई निरन्तरता दिनु चुनौती रहेकाले चुनौतीलाई अवसर र सम्भावनाको रुपमा लिएर अगाडि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा शिक्षक बोम बहादुर क्षेत्री , मनोज पौडेल , गिरी बहादुर थापा , राजेश बस्याल, बिनिता परीयार , बिद्यार्थी बबिता आचार्य लगायतले आफ्नो भनाई राखेका थिए ।
विभिन्न प्रतियोगितामा उत्कृष्ट हासिल गर्ने बिद्यार्थीलाई शिल्ड, मेडल र प्रमाण पत्र तथा नगदले सम्मान गरिएको हो । कार्यक्रममा बिद्यार्थीहरुले गीत संगीत मार्फत मनोरंजन प्रदान गरेका थिए । कार्यक्रम सस्थापक प्रीन्सिपल नारायण प्रसाद पौडेकोको अध्यक्षता,बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष बिनोद पौडेलको प्रमुख आथिथ्यता,बिद्यालयका सहायक प्रीन्सिपल दमोदर आचार्यको स्वागत मन्तव्य तथा शिक्षक बिक्रम पाण्डेको सन्चालनमा सम्पन्न भएको हो ।