सन्धिखर्कका गरिव तथा जेहन्दार बिद्यार्थीहरूलाई अर्घाखाँची सेवा समाज अस्ट्रेलियाद्धारा छात्रवृत्ति बितरण

अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची । अष्ट्रेलियामा विभिन्न क्षेत्रमा कार्यरत अर्घाखाँचीबासीहरूको सहयोगमा छात्रवृत्ति प्रदान गरिएको छ ।
कार्यक्रम सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले बिदेशि भुमिमा रहेर मात्रीभुमि प्रतिको अगाध स्नेह रहेका अर्घाखाँची सेवा समाज अष्ट्रेलियाका युवा साथीहरूको अनुकरणीय कामको प्रसंसा गर्दै यस्तो सेवाभाव देश बिदेशमा रहने सबैमा हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिवनोद्दार मा वि वाङ्गलाका प्रअ नाम बहादुर सिं रानाभाट ,सनपा बडा नं८का वडा सदस्य नारायण अर्याल ,पत्रकार महासंघ का अध्यक्ष हिम लेकाली ,विद्यार्थी प्रतिक्षा क्षेत्री लगायतले सबै सहयोगि मनहरूलाई धन्यबाद ज्ञापन गर्नु भयको थियो ।संकलित छात्रवृत्ति सन्धिखर्क नगरपालिका प्रमुख ले सन्धिखर्क स्थित बिभिन्न बिद्यालयका १२ विद्यार्थीहरू लाई प्रति विद्यार्थी दस हजार रूपियाको दरले छात्रवृत्ति प्रदान गर्नु भएको थियो ।
छात्रवृत्ति पाउने विद्यार्थीहरूमा युबा बर्ष जनता रवि चित्र मा वि सनपा१ कि छात्रा संझना बन्जाडे ,बिद्या बिनय आधारभुत बिद्यालयका जगतका सत्यम भट्टराई , अरनिको आधारभुत विद्यालय अर्घाका सित्तल क्षेत्रि, जिवनोद्दार मावि कि वाङ्गला कि सबिना भण्डारी ,र अन्जना के सि ,जनताकृष्ण माविकि किम्डाडा कि जया कुवर ,बराहनेटा आधारभुत बिद्यालय छापडाडाका बिक्रम बि क ,भगवती मा बि संखेटारि का कमल घर्ती मगर , आदर्श माविका अन्जु पुरी ,विजय मा बि खाँचिकोट का प्रतीक्षा क्षेत्रि ,आशिस श्रेष्ठ ,अर्घारजस्थल मा बि अर्घा का डिक्सान्त खत्री रहेका छन् ।
उक्त कार्यक्रमको सन्चालन अधिकृत गोबिन्द केसीले गर्नु भएको थियो भने कार्यक्रम नगर उपप्रमुख ठाकुर कुमार वि.क किशोरको अध्यक्षता रकमको संयोजन सन्धिखर्क नगर सभा सदस्य नारायण अर्याल र पत्रकार दामो दर क्षेत्रीले गर्नु भएको थियो ।