मैदानकी एक विवाहित युवतीको गुल्मीमा रहस्यमय अवस्थामा पानी ट्याङकीमा शव फेला

अर्घाखाँचीडट्कम संवाददाता 
ढाड मैदान, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ ढाड मैदान भोखर माइत गरेकी एक विवाहित युवतीको गुल्मी जिल्लामा रहस्यमय अवस्थामा शव फेला परेको छ ।
रुरु गाउँपालिका – ४ बलेटक्सार रानीवासस्थित विक्रम सुनारकी १८ वर्षीया श्रीमती रक्षा सुनार (गहत्राज)को उनकै घरमा रहेको आकाशे पानी संकलन गर्ने ट्याङकीमा रहस्यमय अवस्थामा शव फेला परेको हो ।  मैदानस्थित उनका माइतीजनले रक्षाको परिवारकै सदस्यबाट हत्या भएको आशंका गरेका छन् । बाबु गोपीका अनुसार गत बर्ष मंसिर २९ गते रक्षाको विक्रमसँग मन्दिरमा विवाह भएको थियो ।
बिहीबार साँझ मात्रै छोरी रक्षाले फोन गरेर बाबा मलाई लिन आउनुस् म यहाँ बस्न सक्ने अवस्था भएन भनेर भनेको उनका पिता पर्शुराम सुनारले बताए ।
रक्षाले सन्धीखर्कमा रहेकी दिदी रोखा सुनारलाई समेत रुँदै फोन गरेर आफूलाई घरमा गालीगलौज गरेर बस्न नसक्ने भएँ भन्दै फोन गरेको परिवारजनले बतायो । उनले हिजै साँझ आफ्नी आमालाई पनि फोन गरेर आफ्नो अवस्था बताउँदै बाबालाई लिन पठाइदिनुस् भनेको सुनार परिवारले जानकारी दिए । दुवै परिवारबीच विधिवत् विवाह गरिएपनि ढोग–भेटा भने गरिएको छैन । 
 रक्षा सुनार (गहत्राज)

अन्य समाचारहरु