सरकारले जनचाहनाअनुसारको काम गर्ने प्रधानमन्त्री ओलीको भनाई

news
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनचाहनाअनुसारको काम गर्ने बताएका छन् ।
परिवर्तनको संवाहक जनता भएकाले सरकारले जनचाहनालाई उपेक्षा गर्न नसक्ने उनको भनाइ छ ।
चिकित्सक तथा साहित्यकार डाक्टर अरुण सायमीद्वारा लिखित ‘मेरो जीवन कथा’ पुस्तकको आज काठमाडौमा लोकापर्ण गर्दे उनले जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सरकार लागिपरेको जिकिर गरे ।
कुनै एउटा व्यक्ति, क्षेत्र, समुहमात्र आन्दोलनमा सरिक नभई सिङ्गै जनताको प्रयासबाट मात्र लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएको उनको भनाइ थियो । 
प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको लागि साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले योगदान गर्न आह्वानसमेत गरे ।
साहित्यकारहरु देशको गहना भएको भन्दै उहाँले सहित्यकारहरुको सम्मान गर्ने पनि बताए ।
पुस्तकका लेखक डाक्टर अरुण सायमीले चिकित्सा क्षेत्रमा भोगेका देखेका र अनुभूति गरेका बिषयलाई पुस्तकको स्वरुप दिएको बताए । पुस्तकले चिकित्सा, साहित्य र राजनीति तीनवटै क्षेत्रलाई समेटेको छ ।  इमेजखबरमा समाचार छ ।