सन्धिखर्कमा मानव बन्यजन्तु द्वन्द्व सम्बन्धि अन्तरक्रिया र मृतक परिवार र घाइतेलाई राहत बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

(२०७५ माघ २२, मंगलवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा मानव बन्यजन्तु द्वन्द्व सम्बन्धि अन्तरक्रिया र मृतक परिवार र घाइतेलाई राहत बितरण कार्यक्रम सम्पन्न भएको छ । डिभिजनल बन कार्यालय अर्घाखाँची र सामुदायिक बन उपभोक्ता महासंघ अर्घाखाँचीकाे आयाेजनामा सन्धिखर्कमा मानव बन्यजन्तु द्वन्द्व सम्बन्धि अन्तरक्रिया र मृतक परिवार र घाइतेलाई राहत बितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चितुवा आक्रमणबाट मृत्युबरण गरेका बालबालिकाका अभिभावकहरुलाई नेपाल सरकार प्रदान गरिएको १०/ १० लाख  प्रदेश सदस्य रामजी प्रसाद घिमिरे र नगरप्रमुख कमल प्रसाद भुसाल प्रदान गरेका थिए । साथै बन्यजन्तुबाट घाइते भएका ब्यक्तिका आफन्तलाई समेत उपचारमा भएको खर्चका बिल अनुसारको रकम हस्तान्तरण गरिएको थियो । 

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची, २२ माघ (अर्घाखाँचीडट्कम) ।  मानव बन्यजन्तु द्धन्द सम्बन्धी अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । अन्तरक्रियामा बोल्ने सहभागीहरुले मानव जिवनलाई आघात पु¥याउने जंगली जनावर नियन्त्रण गर्ने अधिकार जनतालाई हुनुपर्ने भन्दै मानिसको ज्यान लिदा समेत नरभक्षी जनावरलाई नियन्त्रण गर्न सक्ने कानुन नहुदा अप्ठ्यारोमा परेको बताए । डिभिजनल वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीको संयुक्त आयोजनामा मंगलबार सन्धिखर्कमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै प्रदेश सभासदस्य रामजी प्रसाद घिमिरेले मानवलाई आतंकित पार्ने जंगली जनावरको नियन्त्रण गर्न र मानव जिवनलाई सुरक्षित गर्न सबै पक्ष एक जुट हुनुपर्नेमा जोड दिए । घिमिरेले पछिल्लो समय जिल्लामा वन सम्पदा माथी आक्रमण गरि करोडौं ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै तत्काल नियन्त्रण गर्न डिभिजन वन कार्यालयलाई आग्रह समेत गरे ।
कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल, सितगंगा नगरप्रमुख सुर्यप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेकपाका नेता तोज बहादुर रायमाझी, नेपाली कांग्रेसका नेता ज्ञान बहादुर विक, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष गोपाल पौडेल, वन उपभोक्ता महासंघका केन्द्रिय सचिव ठाकुर भण्डारी,उपाध्यक्ष ईश्वरा पोख्रेल लगायतले मन्तव्य राख्दै जंगली जनावरबाट जोगिन घर वरिपरि खरबारि तथा बनमा रहेका अनावस्यक झाँडि सफाई गर्ने, सामुहिक यात्रा गर्ने, साँझ परेपछि केटाकेटीलाई घर बाहिर नराख्ने सबै मिलेर नागरिक सचेतना अभियान संचालन गर्नुपर्ने लगायतका उपायहरु अवलम्बन गर्नपनि उनिहरुले सुझाव दिएका थिए ।
डिभिजनल वन कार्यालय अर्घाखाँचीका प्रमुख अजयविक्रम मानन्धरको अध्यक्षता, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष रामचन्द्र पोख्रेलको स्वागत मन्तव्य र सहायक वन अधिकृत शिला पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा जिल्लामा पछिल्लो समय चितुवाको सिकारमा परेका अर्घाकी सदिक्षा राना र ढिकुराका आर.एन घिमिरेका परिवारलाई सरकारले उपलब्ध गराएको जनही रु १० लाख रुपैंयाका दरले रहात बितरण गरीएको हो । यस्तै भालु र चितुवाको आक्रमणमा परि घाइते भएका सितगंगा नगरपालीका निवासी गिरीराज घम, मान बहादुर नेपाली र मुक्त बहादुर सारुलाई उपचार खर्च समेत प्रदान गरिएको थियो ।

अन्य समाचारहरु