अर्घाखाँचीमा प्रशासनद्धारा टोल फ्रि नम्बरको फोन सेवा संचालनमा

Image result for जिल्ला प्रशासन कार्यालय अर्घाखाँची
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची, २२ माघ (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले टोल फ्रि नम्बरको फोन सेवा संचालनमा ल्याएको छ । 
सर्वसाधारणको सेवा प्रवाहलाई थप सहज बनाउने हेतुले १६ ६० ७७ ४२ ०४२ नम्बरको टोल फ्रि फोन संचालनमा ल्याएको जिप्रका अर्घाखाँचीले जनाएको छ ।
जिल्ला प्रशासनबाट प्रदान गरिने सेवा प्रवाह,जिज्ञासा,एवम सुझाव भएमा अबदेखी सोही टोल फ्रि नंम्बरमा सम्पर्क गरि सेवा लिन सकिने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको भनाई छ ।
मुलुक प्रविधिमैत्री बन्दै गएको अवस्थामा प्रविधिको प्रयोग संगै जनताको सेवा प्रावहलाई थप सहज पार्न यस्तो सुविधा सन्चालनमा ल्याईएको प्रजिअ लामिछानेले बताउनुभएको छ ।
टोल फ्रि फोनको प्रयोग संगै प्रशासनबाट संचालित सबैखाले सेवा प्रवाहमा सहजता आउने सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले विस्वांस लिनुभएको छ ।

अन्य समाचारहरु