अर्घाखाँचीडट्कम संवाददाता
दक्षिण कोरिया (अर्घाखाँचीडट्कम) । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको पाँचौ अधिवेशन सोमबार सम्पन्न भएको छ।
अधिवेशनबाट संरक्षक बाबूराम आचार्य निर्वाचित हुनु भएको छ । यस्तै नँया कार्य समितिहरुमा अध्यक्षमा सुन्दर पन्थी सर्व-सहमतिमा चयन हुनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा राज खनाल, उपाध्यक्षमा हेमराज पोखरेल र बिष्णु बन्जाडे, महासचिवमा दिपक राज वन्जाडे, सचिवमा दिपक खनाल र जीवन आचार्य कोषाध्यक्षमा पुस्कर पौडेल, सह-कोषाध्यक्षमा कमल पौडेल रहनुभएको छ भने सदस्यहरुमा पदम खनाल, सरोज आचार्य, लक्ष्मी वेल्वासे, नन्दराम पौडेल, शोभित शाही र लक्ष्मण पौडेल रहनुभएको छ।
“प्रवासी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीको प्रतिवद्वता” भनने मुल नाराका साथ स्थापना भएको मञ्चले बिगतमा पनि धेरै उल्लेखनीय सामाजीक कार्यहरु गर्दै आइरहेको छ।
अधिवेशन दोङ्देमुनको दर्शन नमस्ते रेष्टुरेन्टमा गरिएको थियो।