छत्रदेब गाउँपालिकाका प्रत्येक वार्डको चौमासिक सार्वजनिक सुनुवाई गर्न गाउँपालिकालाई ध्यानाकर्षण गरिने

सागर परियार
छत्रदेब २३ माघ २०७५ ।  छत्रदेब गाउँपालिकाका प्रत्येक वार्डको चौमासिक सार्वजनिक सुनुवाई गर्न गाउँपालिकालाई अनुरोध गरिने भएको छ ।
 वडा तहमा सार्वजनिक सुनुवाई नुहँदा सामाजिक जवाफदेहितामा कमी आएकोे साथै जनगुनासो सुनुवाई र सम्बोधनको अवस्था फितलो भएको भन्दै गाउँपालिका भित्रका सबै वडाको चौमासिक सार्वजनिक सुनुवाई गर्ने व्यवस्था गर्न गाउँपालिकामा ध्यानाकर्षण गराइने भएको हो । 
एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजना तथा वडा कार्यालयको समन्वयमा पारष्परिक जवापफदेहिता परियोजना अन्र्तगत भएको सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा गाउँपालिकालाई सुशासन नीति बनाएर सामाजिक जवाफदेहिताका औजारहरु सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण लगायतका औजारहरुको प्रयोगमा ध्यानाकर्षण गराउने निर्णय भएको  छ । त्यस्तै निर्माण व्यवसायी मार्फत सम्पन्न हुने हरेक योजनामा उपभोत्ता समिति र वडा कार्यालयको सिफारिसमा मात्र सम्पन्न गर्ने व्यवस्था मिलाउन गाउँपालिकामा अनुरोध गर्ने निर्णय भएको हो । 
अभिमुखीकरण कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज प्रधान कार्यालय गुल्मीका अध्यक्ष हिरा एसी, कार्यकारी निर्देशक कृष्ण विश्वकर्मा लगायतले समाजिक जवाफदेहिताका औजार सम्बन्धी सहजीकरण गर्नुभएको थियो । संस्थाका जिल्ला अध्यक्ष हृदयकुमार भुसालको अध्यक्षता रहेको कार्यक्रममा वडाध्यक्ष शोभाखर पाण्डेको प्रमुख आथित्यता रहेको थियो । वडा सदस्य गोपालप्रसाद मरासिनी, सचिव होमनाथ न्यौपाने, जनकल्याण मा.वि का प्राचार्य ठाकुरप्रसाद पाण्डे, जनकल्याण मा.वि का प्राचार्य कविराम अधिकारी, स्वास्थ्य चौकी इन्चार्ज कमल प्रसाद पाण्डे, कृषि प्राविधिक प्रकाश घिमिले, नेपाल पत्रकार महासंघका प्रदेश पार्सद तथा रेडियो मालारानीका स्टेशन म्यानेजर नबीन केसी लगायतको आथित्यता रहेको कार्यक्रममा संस्थाका बसन्त श्रेष्ठको सञ्चालन रहेको थियो । 

अन्य समाचारहरु