चिदिकाका बहुविवाह गर्ने जोडी पक्राउ

गोपाल प्रसाद भट्टराई
चिदिका माघ–२४,अर्घाखाँची । बहु विवाह गरी जेठी पत्नीलाई हिंसा गर्ने अर्घाखाँची चिदिकाका एक जोडी प्रहरीको फन्दामा परेका छन् । 
दोस्रो विवाह गरि जेठी पत्नीलाई शारीरिक, मानसिक र आर्थिक हिंसा गर्ने छत्रदेव १ चिदिका निवासी ३४ वर्षीय दिपक खनाल र उनकी २० वर्षिया कान्छि श्रीमती प्रहरीको फन्दामा परेका हुन् । 
जेठी पत्नीको जाहेरीका आधारमा जिल्ला प्रहरीले खोज तलास गर्दा विपक्षीहरु सिद्दार्थनगर ८ वुद्दचोकमा होटल व्यावसाय गर्दै आएको सुचनाका आधारमा रुपन्देही प्रहरी संग समन्वय गरि हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 
२०६७ सालमा मागी विवाह गरेकी जेठी पत्नीले बाहिरी कुरा सुनेर चरम यातना भोग्न बाध्य भएपछि नर्क जस्तो जिवनबाट मुक्ती पाउनको निम्ती भैरहवामा सेक्युरिटी गार्डको जागिर गर्दै एक्लो जिवन बिताउंदै आउनुभएको उहांले दिएको जाहेरीमा लेखिएको छ । यहि माघ ०२ गते काम विशेषले अर्घाखाँची स्थित घरमा जाँदा पतिले दोश्रो विहे गरी ल्याएको जानकारी पाएपछी दोश्रो विहे वदर गरी 
कानुन बमोजिम कारवाही गरि पाँउ भनि  दिपक खनालकी जेठी पत्नीले वहुविवाह सम्बन्धी  दिएको जाहेरीका आधारमा विपक्षीलाई रुपन्देहीबाट पक्राउ गरि गएराती नै अर्घाखाँची ल्याइएको र जिल्ला अदालत अर्घाखाँची बाट म्याद थप गराइ अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु