धारापानीको साना औवलमा जीप दुर्घट्ना, दुई जना घाइते

अर्घाखाँचीडट्कम संवाददाता 
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर -४ धारापानीको साना औवलमा महेन्द्र जीप दुर्घट्ना भएको छ । दुर्घट्नामा दुई जना घाइते भएका छन् । 
सन्धिखर्कबाट ढाकावाङका लागि छुटेको लु १ ज १४७५ नम्बरको जीप धारापानीको साना औवल पुन टोलामा बिहीवार अपरान्ह ३ बजे दुर्घट्ना  भएको हो । 
जीप दुर्घट्नामा चालक शिव खनाल बन्जाडे र जीप धनी दिपक बन्जाडे सामान्य घाइते भएका छन् । बन्जाडे हात भचिएको छ ।  जीपमा ४ जना यात्रुहरु सवार थिए।
जीप हिलोमा चिप्लिएर सडक देखि १ सय ५० मिटर तल खसेको छ ।  

अन्य समाचारहरु