धनचौरमा पहिलोपटक बृहत घुम्तीशिविर सम्पन्न, धनचौरबासी हर्षित (तस्बिर सहित)

(२०७५ माघ २४, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता
धनचौर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको धनचौरमा पहिलोपटक बृहत घुम्तीशिविर सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची र भूमिकास्थान नगरपालिकाको समन्वयमा धनचौरमा एकीकृत घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको हो ।
सोही अवसरमा प्रहरी सामुदायिक सामुदायिक साझेदारी कार्यक्तम अन्र्तगत लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको हो । 
यस्तै एकीकृत घुम्ती  शिविरबाट लगभग ६०० जना सेवाग्राहीहरु लाभान्दित भएका थिए । घरदैलोमै सेवा लिन पाउँदा धनचौरबासी हर्षित देखिन्थे ।  साथै शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपी वितरण गरिएको थियो ।  
एकीकृत घुम्ती शिविरमा निर्वाचन आयोगबाट मतदाता नामावली लेखाउने, घरेलुबाट उद्योग दर्ता, कृषि ज्ञान केन्द्रबाट माटो परिक्षण, टेलिकमबाट सिमकार्ड वितरण, जिल्ला स्वास्थ्य कार्यालय र आयुर्वेद कार्यालयले निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण लगायतका कार्य गरिएको थियो । 
उता समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध, मदिरा सेवन, लैङ्गिक हिंसा, जबरजस्ती करणी, सामाजिक तथा साईबर अपराध एवम् सवारी दुर्घटना सम्बन्धि सचेतना मुलक कार्यक्रम पनि सम्पन्न गरेको छ । सचेतना मुलक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने र प्रहरी नायव उपरिक्षक नवराज मल्लले पशिक्षण दिएका थिए ।  
साथै कार्यक्रम श्री जनजागृति मावि धनचौरका प्रमुख पिताम्बर खनालको अध्यक्षता, प्रहरी नायव उपरीक्षक नवराज मल्लको सञ्चालन, प्रमुख जिल्ला अधिकारी लामिछानेको प्रमुख अतिथ्यता, नगरप्रमुख रेशम थापा, उपप्रमुख खडानन्द बेल्वासेको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु