खनदहका विवेक अर्यालको उपचारको लागी सयोग रकम हस्तान्तरण

विमल चौहान
माघ २५ काठमाडौ ( अर्घाखाँची.कम) : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा  नंं ३ खनदहमा रहेको श्री आदर्श उ मा बि खनदहबाट २०६५ सालमा एस एलसी दिएका विद्यार्थीहरूले लिम्फान्जियोमा रोगबाट ग्रसित सोही वडा  निवासी  बाबुराम अर्यालका ४ वर्षिय छोरा  विवेक अर्यालको उपचारको लागी काठमाडौमा  आज एक कार्यक्रमको बीच   १८ हजार ८सय ६५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन ।
नेपालका कान्छा सामाजिक अभियान्ता केपि खनाल र अर्का सामाजिक  अभियान्ता सचिन पाण्डे मार्फत विद्यार्थीहरुको तर्फबाट बिमल चौहान र अनु खनालले सहयोग रकम हस्तान्तरण गरेका हुन।
उनी गत तीनवर्ष देखि  लिम्फान्जियोमा नामक घातक रोगबाट ग्रसित छन ।उनको उपचारका लागी भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउदा झन्डै ५० लाख भन्दा माथी खर्च हुँदा  पनि बिरामी निको नभएका कारण अहिले नेपाल ल्याइएको  छ ।परिबारको आर्थिक अवस्था  अहिले निकै कम्जोर  भैइरहेकोले बाकी सम्पत्तिले पनि नपुग्ने भएपछि यहीँ माघ २७ गते काठमाडौंको शिक्षण अस्पतालमा उनको शल्यक्रिया हुनको लागि आर्थिक अभाव भएको कारणले गर्दा आफुहरुले आर्थिक सहयोग गरेको   विद्यार्थीहरु बताउन्छ।  
साथै सानो सहयोगले  पनि उनको उपचारको लागी महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ   शल्यक्रिया  सफल होस  भन्दै   शिध्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको काठमाडौबाट विमल चौहानले हामीलाई जानकारी दिनु भएको छ।

अन्य समाचारहरु