अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची माघ २५ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको आयोजनामा २ दिने क्षमता बिकास तालिम आजदेखी सुरु भएको छ।
तालिमको उदघाटन गर्दै प्रशासनिक अदालतका अध्यक्ष माननीय काशिराज दाहालले मगजमा समझदारी, काँधमा जिम्मेवारी ,हृदयमा इमानदारी बोकेर सबैले आ आफ्नो ठाउँमा भुमिका निर्बाह गरेमा देश समृद्धि हुने बिचार व्यक्त गर्नु भयो।
उदघाटन सत्रमा तालीमको सफलता र उपलब्धिका साथ सम्पन्न होस भन्दै तालिमका श्रोत ब्यक्ती डा. केदार बहादुर रायमाझी ,माननीय जिल्ला न्यायाधीश रामचन्द्र पौडेल ,सन्धिखर्क नगरपालिका उप- प्रमुख ठाकुर कुमार बि. क. “किशोर “प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने ,लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।
उदघाटन सत्र नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षता ,प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलको स्वागत र शाखा अधिकृत गोबिन्द के. सि. को संचालनमा सम्पन्न भएको थियो ।
माघ २५ र २६ गते दुई दिन संचालन हुने तालिम तथा बृहत छलफल कार्यक्रममा वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,वडा सदस्य ,वडा सचिव र नगरपालिकाका शाखा प्रमुख सहित झण्डै ८५ जनाको सहभागीता रहेको छ।