अर्घाखाँचीमा भारी हिमपात, चिसोले जनजिबन प्रभाबित (फोटो फिचर)

हरि कुवँर

सन्धिखर्क,अर्घाखाँची(अर्घाखाँची डट्कम) । अर्घाखाँचीका उच्च पहाडी भागमा गएराती भारी हिमपात परेको छ । जिल्लाभर  गए रातिदेखि भारी हिमपात भएसंगै चिसो बढेको छ ।

चिसो ह्वात्तै बढे सँगै जनजिबन प्रभाबित भएको छ ।  जिल्लाको नरपानी, खाचिकोटको मसिना लेक, मलारानी हंसपुर रतनमारे, गुल्मीको रेसुङ्गा लगायतका स्थानमा अहिले पनि चिसो हावा हिउँ परिरहेको छ ।

हिमपातका कारण मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् । गोठमा रहेका जनावर बाछाबाछी लाई के राखिदिने कसरी बाहिर निस्किनेमा भन्ने चिन्तित छन ।

तापक्रम माइनस १५ डिग्री सेल्सियसबाट पनि तल झरेको छ,आज मौसम सफा नरहने अनुमान गरिएको छ ।

अन्य समाचारहरु