दुर्गाफाटमा नेकपा पाणिनी गाउँपालिकाका सदस्यहरूकाे सपथ तथा पदभार ग्रहण सम्पन्न

माधव बेल्वासे
दुर्गाफाट २६ माघ । नेपाल कम्युनिष्ट पार्टी पाणिनी गाँउपालिका सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सनिबार सम्पन्न भएको छ । 
दुर्गाफाटमा आयोजित एक कार्यक्रमका बिच पदादिकारिहरुको घोषणा लगत्तै उनिहरुको पदभार ग्रहण गराइएको थियो ।
 कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थायी समिती सदस्य तथा संघिय सांसद टोपबहादुर रायमाझीले अब मुलुकको नेत्तृत्व नेकपा बाहेक अरु कसैले गर्न नसक्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रिय सदस्य नजिर मिया, प्रदेस सभाका सभासद रामजी प्रसाद घिमिरे , जालपा भुसाल नेकपा नेता बोम ब. बिक , छमकुमारी खाल चिनारी, लगायले बोल्दै कार्यकर्तालाई एकजुट भएर जनताको सेवा गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा पाणिनी गाँउपालिका अध्यक्ष कमल प्रसाद घिमिरेले आफुमा आएको जिम्मेवारी पालना गर्दै पार्टीलाई शसक्त बनाउने बताउनु भयो ।
 कार्यक्रम नेकपा नेता बाबुराम घिमिरेको स्वागत मन्तव्य र सचिव जिबलाल घिमिरेको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु