सिद्दाराको खएरभट्टीमा क्लबले निर्माण गर्ने सुपा देउराली मन्दिरको सिलन्यास सम्पन्न

गणेश बेल्बासे  
 खएरभट्टी, अर्घाखाँची माघ २६ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ सिद्दाराको  खएरभट्टीमा एक कार्यक्रमका बिच वडा अध्यक्ष कोपिला चन्द आले र सामाजसेवी गणेश बेल्बासले बैदिक विधी पुर्वक सुपा देउराली मन्दिरको सिलन्यास गर्नु भएको छ । उक्त सिलन्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष आलेले समाजका युवाहरु यस्ता सृजनात्मक कार्य सहित धार्मिक कार्यमा अग्रसर हुनुपर्नेमा जोडदिनु भयो । आगामी योजनामा युवा तथा बालबालिका सम्बन्धी कार्यक्रम तर्जुमा गरी प्रोत्साहन गर्न आफु पछि नहट्ने बताउनु भयो । आफुले यस क्लबलाई व्यक्तिगत रुपमा समेत आर्थिक तथा नैतिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि पछि नपर्ने कुरा व्यक्त गर्नुभयो । सामाजिक कार्यमा उल्लेखनिय भूमिका खेलेको भन्दै जनदिवा युवा क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो ।
साथै सोही कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता एवम् समाजसेवी गणेश बेल्बासेले क्लबको यो अभियानमा आफुले आर्थिक तथा नैतिक दुवै सहयोग गर्ने बताउनु भएको छ । आफु यस क्लबको संस्थापक समेत रहेकाले क्लबलाई सामाजिक कार्यमा सृजनात्मक भूमिकाको लागि अझ सकृय बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । यस मन्दिर निर्माण कार्यलाई सम्पन्न गर्न स्थानिय व्यक्तित्व लगाएत वैदेशिक रोजगारमा गएका स्थानिय महानुभावहरूबाट सहयोग संकलन गर्ने कार्य आजैबाट अगाडी बढाउने बताउनु भएको छ ।
सो मन्दिर आगामी फागुन महिनासम्म पुर्ण रुपमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको जनदिवा युवा क्लब एवम् मन्दिर निर्माण समित अध्यक्ष सरदजंग आलेले बताए । साथै मन्दिर निर्माणका लागि सहयोग गर्ने सहयोगी दातालाई मन्दिर निर्माणको कार्य सम्पन्न भएपछि एक औपचारीक उद्‌घाटन कार्यक्रमका बिच सम्मान गरिने उनले बताएका छ्न् ।
सिलन्यास कार्यक्रममा शम्भु आधारभूत विद्यालयका शिक्षक चक्रपाणी बेल्बासे, क्लबका पदाधिकारी, निर्माण समिती, बुद्धिजिवी लगाएत स्थानीय बासिहरुको जमघट रहेको थियो । 

अन्य समाचारहरु