सन्धिखर्कमा सरस्वती पुजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न (भिडियो तस्बिर सहित)
माघ २७ गते, २०७५ मा प्रकाशित
विनोद गैरे
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क ग्रिन इङ्गलिस बोडिङ्ग स्कुल सन्धिखर्क अर्घाखाँचीले एक कार्यक्रमका विच सरस्वती पुजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षा विकास तथा समन्वय एकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले सरस्वतीको फोटोमा माल्यापण संगै पानसमा वत्ती वालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै पराजुलीले शैक्षिक विकासमा ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलले पु-याएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्दै शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दै वालवालिकाहरुको भविष्य निर्धारण गर्ने पवित्र स्थल विद्यालय रहेको र आम अभिभावकहरुको भसोसाको केन्द्र पनि विद्यालय नै रहेकोले विश्वसनिय र भरपर्दो माध्यमवाट गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका स्रोत व्यक्ति युवराज भुसाल, कम्पनी रजिष्टारका अध्यक्ष हुम प्रसाद बन्जाडे, शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सिराम खनाल, अभिभावक डिलाराम भुसाल, विष्णु प्रसाद भुसाल, नुम प्रसाद भुसाल, खडानन्द आचार्य, प्रेम सुनार, धर्मराज बन्जाडे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा २०७४को वार्षिक परिक्षामा प्रथम, द्वितीय र तृतीय साथै विभिन्न समयमा संचालन गरिएका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा प्रथम, द्वितीय र तृतीय हुने छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद भुसालको अध्यक्षता विद्यालयका प्रिन्सिपल टेक बहादुर थापाको स्वागत तथा सहायक प्रिन्सिपल नारायण भुसालको संचालनमा सम्पन्न भएको थियो ।