भुमिकास्थान नगरपालिकाले राजस्वमा विशेष छुट झन्डै ६५ प्रतिसत राजस्व घटाउने

कृष्ण परियार 
भुमिकास्थान माघ २८गते सोमबार । अर्घाखाँची जिल्लाक‍ो भुमिकास्थान नगरपालिकाले राजस्वमा विशेष छुट दिने निर्णय गरेको छ ।
राजस्व प्रामर्स समितिको २६ गते बसेको बैठकले २७ गतेको कार्यपालिकाको  बैठकमा राजस्व घटाउने निणर्य सहितको प्रस्ताव पेस गरिएको थियो  नगरपालिका का उपप्रमुख राजस्व प्रामर्स समितिका सयोजक खडानन्द बेल्वासेले जानकारी दिनुभयो ।
जनता सग प्रतक्ष सरोकार राख्ने खालका कामहरु सेवा निशुल्क दिने र अन्य सेवाहरुमा पनि झन्डै ६५ प्रतिसत राजस्व घटाउने प्रस्ताव कार्यपालिका को बैठकमा पेस गरिएको नगरपालिका उपप्रमुख बेल्बासेले बताउनु भयो ।
भुमिकास्थान नगरपालिका मा  विभिन्न शिर्षक हरुमा राजस्व बढि भएको भन्दै बिगत देखि स्थानियले चर्को बिरोध गर्दै आएका  थिए ।
जनताको माग लाई सम्बोधन गर्नका लागि राजस्व घटाउन निणर्य समिति गरेको हो ।

अन्य समाचारहरु