नेकपा मालारानी गाउँपालिकाको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

सुर्य भुसाल, शोभाखर पन्थी 
 मालारानी, माघ २९ अर्घाखाँची – नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीले मंगलबार मालारानी गाउँपालिकामा सपथ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले कम्युनिष्ट शक्तिहरु बीचको पार्टी एकताले संसारभरका श्रमजीवी बर्ग उत्साहित भएको बताए । टुटफूट र असफलता बाट पाठ सिक्दै बिश्व कम्युनिष्ट आन्दोलनमै नयाँ सन्देश र उर्जा थप्ने महान उद्देश्यका साथ नेपालका ठूला दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकता गरिएको उनिहरुको भनाई रहेको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नजिर मियाँ ,बोम बहादुर बिक, राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सभाका सदस्य चेतनारायण आचार्य लगायतले मनतब्य राख्नु भएको थियो । 
नेकपा मालारानीका अध्यक्ष सालिकराम आचार्यको अध्यक्षता र सचिव सिबलाल कुँवरको संचालनमा सम्पन्न कार्यक्रममा मालारानीका अध्यक्ष बालकृष्ण आचार्य ,नेकपाका नेता ठाकुर कुमार बिक , नरेन्द्र कुमार क्षेत्री , जनार्दन खनाल, दलबहादुर भट्टराई , तोजबहादुर रायमाझी , छमकुमारी खनाल ,मानबहादुर पाण्डे , लिल बहादुर बि.क, प्रेस चौतारीका जिल्ला अध्यक्ष हिमबहादुर जि.सी. लेकाली लगायतको उपस्थीति रहेको थियो ।

अन्य समाचारहरु