पटौटीको देवी प्रभाव माविमा ६० औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
पटौटी माघ २९ अर्घाखाँची- देवी प्रभाव माध्यमिक विद्यालय पाणिनि ४ पटौटीको ६० औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
 प्रदेश सांसद रामजीप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मणिराम पराजुली, श्रोत व्यक्ति ठाकुर प्रसाद गौतम लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै सांसद घमिरेले विद्यार्थी, अभिभावक र शिक्षकको सामुहिक प्रयासबाट शिक्षाको गुणस्तर उकास्न सकिने बताउनु भयो । उहाँले वेरोजगार शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीलाई प्राविधिक शिक्षा प्रणालीले विस्थापित नगरे सम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो । 
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद घिमिरेको अध्यक्षता, सदस्य फर्सुराम घिमिरेको स्वागत मन्तव्य र प्रधानध्यापक हरि प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु