माधब बेल्बासे
शिखरडाँडा बेसी, फागुन १ अर्घाखाँची – पाणिनी ७ शिखरडाँडा बेसी टोल निवासी बिनोद कुमाल र राधा कुमालका ७ बर्षिय छोरा सुमन कुमालको बाटाखर्च सम्म नभएर उपचार हुन नसकेको अबस्थामा ७ नं वडाका जनप्रतिनिधि र कर्मचारीको सहयोग पाएपछी उनले उपचार गर्ने भएका छन ।
आज एक कार्यक्रमको आयोजना गरि वडान ७ का अध्यक्ष गुनाखर अधिकारी सचिव नरेन्द्र प्रसाद पराजुली जनप्रतिनिधि तथा कर्मचारीको खाइपाइ आएको रकमबाट केही रकम उनलाइ सहयोग गरिएको हो । यातायात खर्च र बाटोमा लाग्ने अन्य खर्च स्वरुप उक्त परिवारलाई ११ हजार १ सय ७० रुपैया प्रदान गरिएको हो ।
सुमनका खुट्टाका आगाडी फर्केका औलाहरुको भाग पछाडी फर्किएका छन । उनको उपचार काभ्रेको आपाङ्ग बाल अस्पतालमा निशुल्क हुने बताइएको छ । सो का लागि वडाले सहजीकरण गर्न कार्यपालिका सदस्य टोपकली कब्दारलाइ जिम्मा समेत दिएको छ ।