अनिल नेपाली
सन्धिखर्क, १ फागुन । हिरासत भित्र रहेका विप्लबका नेताहरुले पनि अर्घाखाँचीमा २४ औ जनयुद्ध दिबस मनाएका छन् ।
पूर्व विद्यार्थीका केन्द्रिय अध्यक्ष तथा गुल्मी इन्चार्ज पूर्ण बहादुर सिंह सेक्रेटरी खेम खड्का अर्घाखाँचीका जनसरकार प्रमुख पिताम्वर पोख्रेल कपिलबस्तुका जिल्ला सदस्य टेकबहादुर पुन लगायतका नेताहरुले हिरासत भित्र २४ औ जनयुद्ध दिबस हिरासत भित्र रहेका कैदीहरुलाई चकलेट तथा एक आपसमा टिका लगाई जनयुद्ध दिबस मनाएका छन् ।
जनयुद्ध २०५२ सालमा माओवादीले सुरु गर्दा सर्बहारा बर्ग उत्पिडित परिवर्तन को पक्षमा भएतापनि नेतृत्बले गर्दा जनताको जनजिविका राष्ट्रियतामा परिवर्तन हुन नसक्दा नेपालमा क्रान्तिकारी ले परिवर्तनको पक्षमा कदम चाल्ने बताउदै नेपाली जनताले २०५२ साल अर्थात् आजको दिन सर्बहाराबर्गले आफ्नो मुक्तिका खातिर बिद्रोह बोलेको दिन।
हजारौंको सहादत, सयौ बेपत्ता र लाखौँ घाइते ले पसिना बगाएर सिञ्चित १० बर्षको महान यात्रा भएता पनि जनता र रास्ट्रको स्वाभिमान आफ्नै भन्नेहरु बाट समेत अलपत्र परेर क्रान्तिप्रति यात्रा साघुरिलो दिन भएको बताउँदै अधिकार , शान्ति र समृद्दिको लागि फेरि पनि अर्को क्रान्ति अहिलेको परिस्थिति अनिवार्य रहेको बताउदै परिवर्तन पक्षमा आफुहरु निरन्तर लड्ने बताउदै परिवर्तनको पक्षमा सहादत बेपत्ता योद्धा अपाङ्ग घाइते योद्धाहरु प्रति आभार तथा कृतज्ञता व्यक्त गदै नेपाली क्रान्तिका बगाएको रगत उचित मुल्य हुने भन्दै परिवर्तनको पक्षमा लड्ने र क्रान्तिकारी योद्धामा शुभकामना समेत अर्पण गरेका छन् ।