अर्घाखाँचीमा कांग्रेसमा प्रवेश गर्नेको लहर, सन्धिखर्कको छापडाँडा बराहनेटामा ६७ जना नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश (तस्बिर सहित)

सुर्य भुसाल 
बराहनेटा, छापडाँडा । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ छापडाँडा बराहनेटामा  ६७ जना नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
उनिहरुलाई एक भब्य समारोह बीच नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान पुर्ब पार्टी सभापति तथा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल नेपाली काङ्ग्रेसका उपसभापति शान्ता भन्डारी महासमिति सदस्य देबराज श्रेष्ठ तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का तरुण वार्ड नम्बर ३ का वार्ड अध्यक्ष लिलाराम गौतम  नगरसभापति बिनोद आचार्य तरुण दल नगर अध्यक्ष जम्सेर मिया नेबिसघका अध्यक्ष भरत मणि भट्टराई पत्रकार महासघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगाएतले शुभकामना दिदै पार्टीमा स्वागत गर्नु भएको थियोे ।
प्रबेस  गर्नेहरुमा गफार मिया, भिम बहादुर बि.क.,कल्पना मुखिया, मदन श्रेष्ठ, राम दङ्गल, तील बहादुर रास्कोटी लगायत ठुलो संख्यामा प्रवेश गर्ने  नब प्रबेसीहरुलाई सभापति बिस्नु मुस्कान पुर्व पार्टी सभापति कमल प्रसाद भुसाल उपसभापति शान्ता भन्डारीले पार्टीको सदस्यता दिई फुल माला अबिरले स्वागत गर्नु भएको थियोे । 
केही दिन पहिला मात्रै सनपा ६ बाट पनि नेकपा परित्याग गरि १ दर्जन नेपाली काङ्ग्रेसमा प्रबेस गरेका थिए ।

अन्य समाचारहरु