ढाकावाङ साम्नेगाउँकी १० वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षका वृद्ध पक्राउ

श्याम घिमिरे 
ढाकावाङ, फागुन २, अर्घाखाँची । बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षका वृद्ध बुधवार पक्राउ परेका छन् । 
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका १ ढाकावाङ साम्नेगाउँकी अन्दाजी १० वर्षकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका २ सिउते निवासी ६८ वर्षिय डण्डबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । पीडित बालिका शारीरिक रूपमा कम्जोर देखिन थालेपछी उनकी आमाले बालिकालाई शोधपुछ गरेपछि मात्रै घट्ना बाहिरिएको हो ।
अभियुक्त बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिई बुधबार प्युठान प्रहरीलाई बुझाएको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नबराज मल्लले बताए । चाउचाउ खाने पैसा दिदै फकाइफुल्याइ गरि बालिकालाई बलात्कार गरेको पिडितले बताईन । 
बालिका गत पुस महिना देखि बृद्धबाट बलात्कारको सिकार हुँदै आएको समेत खुलासा भएको छ । प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले आबश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको बताए ।

अन्य समाचारहरु