सन्धिखर्कको पाणीनी बहुमुखी क्याम्पसमा प्रणय दिवसको अवसरमा प्रेम-पत्र लेखन तथा वाचन प्रतियोगिता सप्पन्न

अभिनव चौहान 
फाल्गुन २ । अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त आयोजनामा सन्धिखर्कमा रहेको पाणीनि बहुमुखी क्याम्पसमा प्रणय दिवसको अवसरमा प्रेम-पत्र लेखन तथा वाचन प्रतियोगिता सप्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि भरत न्यौपाने, विशिष्ट अतिथि लक्ष्मण खड्का र राजेन्द्र प्रसाद आचार्य रहनु भएको थियो ।
मञ्जु  घिमिरे , लक्ष्मण भट्टराई र मिनराज खनालले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।  कार्यक्रममा मेलिना सिंह ठकुरी  प्रथम,  अभिनव चौहान द्वितिय, सरोज श्रेष्ठ  तृतिय र सरोज बन्जाडे सान्त्वना भएका छन । 
कार्यक्रम  सुदिप खनालको अध्यक्षता, बिराज मुखियाको स्वागत मन्तव्य तथा सागर परियारको संचालनमा सम्पन भएको हो। 

अन्य समाचारहरु