अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची, ३ फागुन (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ११ डिभर्नाको अमिलेमा ५ वर्षिया बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् ।
अमिलेका ६५ वर्षका भिमे कामीले विहिबार राती आफनै नातिनीलाई जवरजस्ती करणी गरेका हुन् । करणी गर्ने भिमेलाई प्रहरीले प्रक्राउ गरेको छ ।
बालिकाले आफनी आमाले बलात्कृत भएको जानकारी प्रहरीलाई दिएकी थिईन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले करणी गर्ने भिमे कामीलाई प्रकाउ गरी थप अनुसन्धान गरिरहेको बताएको छ ।
उता यसअघि भुमिकास्थान नगरपालिका १ ढाकावाङ साम्नेगाउँकी अन्दाजी १० वर्षकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका २ सिउते निवासी ६८ वर्षिय डण्डबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।