सितापुरमा मालबाहक ट्रक दुर्घटना

प्रकासित मिती: २ फागुन, २०७५ 

अर्घाखाँचीडट्कम संवाददाता 
सितापुर, अर्घाखाँची, २ फागुन । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर -२ सितापुरमा मालबाहक ट्रक दुर्घटना भएको छ ।
गोरुसिङ्गे देखि सन्धिखर्क तर्फ आउँदै गरेको  मालबाहक ट्रक सितापुरको रिभर साइड कटेज नजिकै छहरामा दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानविय क्षति भएको छैन् । 
ट्रक विहिबार साँझ ट्याक्सीलाई साईड दिने क्रममा दुर्घटना भएको बताइएको छ । ट्रक सडक देखि ४५ मिटर तल खसेको छ । 
दुर्घटनाको ठाडा प्रहरीले अनुसन्धान भईरहेको बताएको छ ।  

अन्य समाचारहरु