अर्घाखाँची फाल्गुन ४ । पछिल्लो समय चर्चामा रहेका अर्घाखाँचीका सफल सङ्गितकार सुदिप सागर सङ्ग विवाह गरेपछि गायिका बिन्दु परियारको साङ्गितिक सफलताले अर्घाखाँचीलाई पनि छुने गरेको छ । पर्ख पर्ख मायालु, पहिलो नम्बरमा जस्ता सुपरहिट गित बजारमा ल्याइसकेकी गायिका बिन्दु परियारको पछिल्लो गित घरबार पनि चर्चामा रहेको छ । यश गितमा बिन्दु लाई नव गायक कृष्ण कार्कीले साथ दिएका छन् ।
सन्तोष सुनारको शब्द संगीत रहेको गीतको म्युजिक भिडियोमा नायक पल शाह र नायिका आशा शर्माले अभिनय गरेका छन् । गीत म्युजिक भिडियोमा युवा युवतिको प्रेममा सम्पन्न परिवारकी युवतीको घर ज्वाइँ राख्ने चाहनामा सस्कारि घरको युवाको असहमती लाई मीठो ढंगले पस्किएको छ । अहिले यो म्युजिक भिडियो धेरै युवा युवतिहरुले रुचाएका छन ।
म्युजिक भिडियोको निर्देशन टेकेन्द्र शाह, कोरियोग्राफी राजिब समर , छायांकन रामकुमार केसि ले गरेका छन , एट के एभरेस्ट मोशन पिक्चर्सले प्रस्तुत गरेको यश म्युजिक भिडियोको निर्माता मनोज बस्नेत हुन ।