सन्धिखर्कमा पुर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि नगरपालिका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची ५ फागुन । अर्घाखाँचीको सन्धिखर्कमा पुर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि नगरपालिका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका वडा अध्यक्ष, स्वास्थ्य सस्थाका प्रमुख र सरोकारवालाहरुको सहभागिता रहेको थियो । सन्धिखर्क नगरपालिका भित्रका वालवालिकाको खोपको  अबस्थाको बारेमा छलफल गरिएको थियो । 
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले ब्यानर बाचन गरेर कार्यक्रम्को उद्धाटन गर्नु भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले मानिसको स्वास्थ्यकोलागि खोप अनिवार्य भएकोले सबैलाइ समयमै खोप लगाउने गरि काम गर्न आग्रह गर्नु भयो । 
उहाले मानिसको स्वास्थ्य सबै भन्दा महत्वपुर्ण भएकाले स्वस्थ समाजको निर्माण गर्न नगरपालिका सबै क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनु भयो । 
कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विकले सन्धिखर्कलाइ पुर्ण खोपमा सुनिस्चत नगरपालिका बनाउने गरि अगाडी बढेको बताउनु भयो । उहाले स्वास्थ्यको क्षेत्रमा कसैले खेलवाड गर्न नहुने बताउनु भयो । 
कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्य सस्थाका प्रमुख तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।  कार्यक्रमको  जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरिक्षक गणेशराज पौडेलले सहजीकरण गर्नु भएको थियो । 
कार्यक्रम स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीको सञ्चालन र धर्मराज पन्थीको स्वागतमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु