सिद्धाराको तल्लो हर्रेमा भालुको आक्रमणमा परी २ जना घाइते

सिद्धारा हर्रे ठुँटीपिपल । फाइल तस्बिर
अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्वर १० सिद्धाराको तल्लो हर्रेमा भालुको आक्रमणमा परी २ जना घाइते भएका छन् ।
माथिल्लो हर्रेबाट काम गरी तल्लो हर्रेमा जाने क्रममा जंगलको बाटोमा भालुले आक्रमणमा परी ३८ बर्षिय शंकर सोती र ५० बर्षिय पदम बहादुर बलाल घाइते भएका हुन् । उनिहरुलाई आज राति साढे ९ बजे भालुले एक्कासी आक्रमण गरेको थियो । घाइतेको अवस्था सामान्य रहेको छ ।       
प्रहरीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार भालुको आक्रमणबाट शंकरको दाहिने खुटामा चोट लाग्नुका साथै शरिरका बिभिन्न भाग लछारे छ भने पदमको बाँया हातमा चोट लागेको छ ।
सिद्धारामा यसअघि पनि भालुको मानिस माथि आक्रमण गरेको देखिन्छ ।  

अन्य समाचारहरु