सन्धिखर्कमा महिला र बालबालिकाको सुरक्षाको अभियान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर महत 
सन्धिखर्क फागुन ६,अर्घाखाँची । मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीले महिला र बालबालिकाको विशेष सुरक्षाको अभियान विषयक अन्तरक्रिया कार्यक्रम  सन्धिखर्कमा सम्पन्न गरेको छ । 
कार्यक्रममा बोल्ने बक्ताहरुले देसमा महिला र वालवालिकाहरु सबै भन्दा बढि आतंकित बन्दै गएको बताएका छन ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी,सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनाल,प्रहरी नायव उपरिक्षक नवराज मल्ल,नेकपा ५ नं. प्रदेश सदस्य छमकुमारी खनाल चिनारी,नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कान, राजमोका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, कांग्रस नेतृ संगिता घिमिरे, समाजका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण बराल,केन्द्रीय  सदस्य मिना ढकालले, पत्रकार महासंघका अिध्यक्ष हिमबहादुर जिसि लगायतले मन्तव्य राख्दै मानव अधिकारको वर्तमान अवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम शान्ति समाजका जिल्ला अध्यक्ष अशोक पौडेलको अध्यक्षता, सदस्य लक्ष्मण घिमिरेको स्वागत मन्तव्य र पत्रकार महासंघका ५ नं. प्रदेश सदस्य प्रेमनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु