जन्मदिनको अवसर पारेर सन्धिखर्कको निर्मल नवज्योति सुस्त मनस्थिति बिधालयका बालबालिकालाई कपडा बितरण

रुद्रमणी भुसाल 
फागुन ०६,अर्घाखाँची । सामुदायिक रेडियो देउरालीका अध्यक्ष तथा युवा व्यवसायी युवराज खत्री प्रेम र राधा खत्रीका  जेठो छोरा  राजन खत्रीको जन्मदिनको अवसर पारेर  अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति बिधालयका बालबालिका लाई  आज कपडा बितरण गरिएको छ । 
आफ्नो छोराको जन्मदिनको अबसर पारेर सन्धिखर्क १ नयाँ बसपार्क्कि राधा खत्रीले  १५ थान न्यानो  कपडा बितरण गनु भएको हो । जन्मदिनको अबसरमा फजुल खर्च गनु भन्दा अशक्त र फरक क्षमता भएका बालबालिकालाई बितरण गरेमा उनीहरुले अभिभावकको मसुस गनका साथै उनीहरुको लागि पढाइमा ठुलो सहयोग हुने भएकाले  सबैले जन्मदिनको अबसरमा फजुल खर्च नर्गन राजनकी आमा राधा खत्रीले आग्रह गनुु भयो । 
पछिल्लो समय केहि मनिसले जन्मदिनको अबसरमा फजुल खर्च कटाउर समाजिक कार्यमा   खर्च गर्न थालेका छन् । कार्यक्रममा उधोग बाणिज्य संघका महासचिब प्रदिप मिश्र , पत्रकार सहयोगी बिसी, शिक्षिका कमला भुसाल  लगायतले मनतब्य राख्नु भएको थियो। 

अन्य समाचारहरु