शितगंगाको पाँकुरीमा आगलागी हुदाँ १ घर जलेर नष्ट

सागर महत 
पाँकुरी, शितगंगा फागुन ७ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आगलागी हुदाँ १ घर जलेर नष्ट भएको छ । 
शितगंगकोा वडा नंम्बर–९ पाँकुरी स्थित सुमन रोकाको घरमा आगलागी हुँदा मानविय क्षती नभएपनी घरमा रहेको नगद,गरगहना,अन्नपात र लत्ताकपडा जलेर नष्ट भएके छ ।
आगलागीबाट करिब ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको परिवारले जनाएको छ । स्थानियका अनुसार घरमा कोही नभएको बेला आगलागी भएको हो । भान्सा कोठाबाट आगलागी सुरु भएको हुनसक्ने अनुमान गरिएको छ । 

अन्य समाचारहरु